Rule 13
खोजतलास कार्य गर्दा पाउने सुविधा तथा सहुलियत
खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खोजतलास कार्य गर्दा देहाय बमोजिमको सुविधा तथा सहुलियत पाउनेछ ः-
(क) खोजतलास कार्यको अनुमतिपत्रमा उल्लिखित क्षेत्र भित्र खोस्री, खनी, दुलो छेडी वा अन्य उपयुक्त तरिकाद्वारा खोजतलास गर्ने ।
(ख) खोजतलास कार्यको सिलसिलामा झिकिएका खनिज पदार्थ सो खनिज पदार्थको प्रकृति, परिमाण, महत्व र प्रस्तावित परीक्षण वा विश्लेषण गर्न वा गराउनको निमित्त विभागले स्वीकृति दिएको परिमाणमा कोरा, अर्ध तयारी वा तयारी खनिज पदार्थको नमूना विदेश लैजाने ।
(ग) खोजतलास कार्यको निमित्त र सो कार्यमा संलग्न व्यक्तिहरुलाई आवश्यक पर्ने पानी सर्वसाधारणलाई असर नपर्ने गरी खोजतलास क्षेत्रभित्र वा बाहिरबाट ल्याई उपयोग गर्ने ।
(घ) खोजतलास कार्यको निमित्त खोजतलास कार्य क्षेत्रभित्र चाहिने मेशिन, कलपूर्जा वा सरसामान राख्ने र खोजतलास कार्यमा संलग्न व्यक्तिहरु बस्ने घर, टहरा, छाप्रो बनाउने ।